फोन: ०५६-४९३४८७मोबाइल: ९८५५०५४५९२आइतबार–शुक्रबार, बिहान ९:०० – दिउँसो ५:०० (शनिबार बिदा)

नोटरी पब्लिकतर्फको सेवा

Notary Public services

आधिकारिक नोटरी पब्लिक तथा आधिकारिक अनुवादकको हैसियतमा गरिने कामहरू

अनुवाद प्रमाणीकरण तर्फ

  1. नागरिकता, जन्मदर्ता, विवाह दर्ता, लालपुर्जा लगायत निश्चित ढाँचा भएका लिखतहरू
  2. सिफारिस स्टाइलका लिखतहरू
  3. निवेदन, अदालती कागजात, सम्झौता पत्र, करारनामा, विधान, प्रबन्धपत्र (MA) एवं नियमावली (AA) जस्ता कागजातहरू

सक्कल प्रमाणीकरण तर्फ

  1. अध्ययनसँग सम्बन्धित कागजातहरू
  2. व्यापारिक प्रयोजनका कागजातहरू

लिखत प्रमाणीकरण तर्फ

  1. शपथ पत्र, घोषणा पत्र लगायतका कागजातहरू

नोटरी पब्लिकतर्फको सेवाको दस्तुर नोटरी पब्लिक सम्बन्धी (सातौँ संशोधन) नियमावली, २०८३ एवं सम्बन्धित निर्देशन बमोजिम हुनेछ । नोट: गलत नियतले वा गलत कागजात पेस गरी कुनै कागजात बनाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी एवं दायित्व सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्नेछ । साथै कम्प्युटर टाइपमा फरक परेमा सक्कल कागजात देखाई सच्याउनुहोला ।

अनुवाद तथा नोटरी सेवा — अनुरोध

Translation & notary service — please note

सेवा छिटो, शुद्ध र सजिलो बनाउन सेवाग्राहीलाई निम्न अनुरोध गरिन्छ ।

  1. सम्भव भएसम्म सक्कल (Original) कागजात लिएर सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुहोस् — फोटो वा म्यासेन्जरमा कागजात देखाएर हुँदैन ।
  2. कुन–कुन कागजात अनुवाद गर्ने र नोटरीको छाप नेपाली प्रतिलिपिमा लगाउने हो कि होइन, पहिले नै यकिन गर्नुहोस् । राहदानी, बैंक स्टेटमेन्ट लगायतका कागजातको फोटोकपी सबै वा कुन–कुन पेज गर्ने हो सो पनि यकिन गर्नुपर्छ; फोटोकपी सकभर यसै कार्यालयमा गर्नुहोस् ।
  3. अनुवाद गर्नुपर्ने कागजात र नोटरी मात्र गर्नुपर्ने कागजात छुट्याएर कार्यालयको सम्बन्धित ठाउँमा दिनुहोस् ।
  4. टाइप भइसकेपछि नाम, थर, ठेगाना, अंक, मिति आदि रुजु गर्न रफ प्रति उपलब्ध गराइनेछ — राम्रोसँग जाँची निश्चित भएपछि मात्र फाइनल प्रिन्ट निकालिनेछ ।
  5. फाइनल प्रिन्टमा गल्ती भई पुनः सच्याउनु परेमा थप दस्तुर लाग्नेछ ।
  6. कुनै कागजातमा नाम, थर, ठेगाना, मिति आदि फरक परेमा सम्बन्धित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयबाट एउटै हो भन्ने व्यहोराको प्रमाणित पत्र ल्याउनुपर्नेछ ।
  7. धेरै कागजात भएमा रफ प्रति राम्रोसँग जाँचेर भोलिपल्ट फाइनल प्रिन्ट निकाल्दा उत्तम हुन्छ; थोरै कागजात भए सोही दिन पनि सम्भव छ ।
  8. एकपटक दर्ता गरेपछि ३ महिनासम्म अर्को कागजात बनाउँदा पहिलेको दर्ता नम्बर उल्लेख गर्नुपर्छ — आफ्नो कम्प्युटर नम्बर र दर्ता नम्बर सधैँ ध्यान दिनुहोस् ।
  9. नोटरी पब्लिकबाट प्रमाणित कागजातमा फोटो टाँस्ने, ल्याप्चे/सहीछाप गर्ने वा सरकारी कागजातमा केरमेट–थपघट गर्ने कार्य गैरकानुनी हुन्छ ।
  10. फाइनल प्रिन्ट, छोटो/एकल कागजात अनुवाद, फोटोकपी र करारनामा प्रमाणितका लागि लाइनमा बस्नु पर्दैन; तर फाइनल प्रिन्ट निकाल्दा सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ ।

कानुनी सेवा (वकालत) तर्फको सेवा

Legal services (advocacy)

अधिवक्ताको हैसियतमा गरिने कामहरू

मुद्दा–मामिलातर्फ

  1. फिराद पत्र, प्रतिउत्तर पत्र, साक्षी बकपत्र तथा पुनरावेदन पत्र तयारी
  2. सबै तहका अदालतमा बहस पैरवी
  3. देवानी तथा फौजदारी मुद्दासम्बन्धी कार्यहरू
  4. अदालती / दर्ता विवाह (Court Marriage) तथा सम्बन्ध विच्छेद (Divorce)
  5. अधिकृत वारेसनामा (जग्गा बिक्री, सम्बन्ध विच्छेद, मुद्दा दर्ता आदि)

कम्पनी तथा दर्तातर्फ

  1. कम्पनी दर्ता, खारेज तथा कम्पनीसम्बन्धी सम्पूर्ण कामहरू
  2. संघ–संस्था दर्ता तथा नवीकरण
  3. प्रबन्धपत्र (MoA), नियमावली (AoA), शेयर लगत/बिक्री, पुँजी वृद्धि, नामसारी, ठाउँसारी, नाम संशोधन
  4. प्यान, भ्याट, कर तथा अडिटसम्बन्धी परामर्श

सम्झौता तथा करारनामातर्फ

  1. घर, जग्गा, व्यवसाय तथा सवारी भाडा लगायतका सम्झौता–करारनामा लेखन
  2. नेपाली तथा English दुवै भाषामा सम्झौता पत्र / करारनामा तयारी

असहाय एवं आर्थिक रूपमा कमजोर व्यक्तिहरूका लागि निःशुल्क कानुनी सेवा उपलब्ध छ ।

मेलमिलापतर्फको सेवा

Mediation services

चितवन जिल्ला अदालतबाट सूचीकृत मेलमिलापकर्ता

  1. अदालतको सूचीमा आबद्ध मुद्दा–मामिलाहरूमा मेलमिलाप गराउने
  2. झैँ–झगडा तथा विवादहरू आपसी सहमतिबाट मिलाउने

सम्झौता/करारनामाका लागि आवश्यक कागजातहरू

Documents required for agreements

सम्झौता वा करारनामाको कागज गर्दा तलका कागजातहरू आवश्यक पर्छन् । सक्कल कागजात लिएर आउनुहोस् ।

घर भाडा

  • व्यवसाय भएमा प्यान, छाप र प्रतिनिधि
  • घर रहेको कित्ताको लालपुर्जा
  • घर भाडाको महिनावारी रकम र वार्षिक रकम
  • भाडामा लगाउने मिति: कहिलेदेखि कहिलेसम्म
  • २ जना साक्षीको नागरिकता
  • लाइसेन्सवाला लेखक र छाप
  • आवश्यक भए पक्षको फोटो र सम्पर्क नं.

जग्गा भाडा

  • जग्गाधनीको नागरिकता र जग्गाधनी स्वयं
  • भाडामा बस्नेको नागरिकता र भाडावाला स्वयं
  • व्यवसाय भएमा प्यान, छाप र प्रतिनिधि
  • जग्गा रहेको कित्ताको लालपुर्जा
  • जग्गा भाडाको महिनावारी रकम र वार्षिक रकम
  • भाडामा लगाउने मिति: कहिलेदेखि कहिलेसम्म
  • २ जना साक्षीको नागरिकता
  • लाइसेन्सवाला लेखक र छाप
  • आवश्यक भए पक्षको फोटो र सम्पर्क नं.

साझेदारी व्यवसाय

  • व्यवसायको प्यान, छाप र व्यवसायी स्वयं
  • व्यवसायमा लगानी गर्नेको नागरिकता र व्यवसायी
  • व्यवसायमा लगानी गर्ने प्रतिशत
  • व्यवसायको नाफा–नोक्सान अडिटको आधारमा
  • व्यवसायमा लगाउने मिति: कहिलेदेखि कहिलेसम्म
  • २ जना साक्षीको नागरिकता
  • लाइसेन्सवाला लेखक र छाप
  • आवश्यक भए पक्षको फोटो, छाप र सम्पर्क नं.

सवारी भाडा

  • सवारी भाडामा लिनेको नागरिकता र सवारी भाडावाला
  • व्यवसाय भएमा प्यान, छाप र प्रतिनिधि
  • सवारीको महिनावारी भाडा रकम
  • सवारी भाडाको महिनावारी रकम र वार्षिक रकम
  • भाडामा लगाउने मिति: कहिलेदेखि कहिलेसम्म
  • २ जना साक्षीको नागरिकता
  • लाइसेन्सवाला लेखक र छाप
  • आवश्यक भए पक्षको फोटो र सम्पर्क नं.
नोट: गलत कागज ल्याई झुक्याएर कुनै कागजात बनाउनु भएमा यसको सम्पूर्ण दायित्व स्वयं व्यक्तिले लिनुपर्नेछ र आफूले ल्याएका सक्कल कागजातहरू आफैँले सुरक्षित राख्नुपर्नेछ । कार्यालय यसको जवाफदेही हुने छैन ।