फोन: ०५६-४९३४८७मोबाइल: ९८५५०५४५९२आइतबार–शुक्रबार, बिहान ९:०० – दिउँसो ५:०० (शनिबार बिदा)

अधिवक्ता, नोटरी पब्लिक तथा मेलमिलापकर्ता

निश्चल कानूनी कार्यालय

कानुनी सेवा, नोटरी पब्लिक तथा आधिकारिक अनुवाद (नेपाली ⇄ English) — लायन्सचोक–क्षेत्रपुर हाइवे, नारायणगढ, भरतपुर, चितवन ।

  • हरि ब. मैनाली (एल.एल.एम.) — अधिवक्ता, नोटरी पब्लिक तथा मध्यस्थकर्ता
  • आधिकारिक मान्यताप्राप्त अनुवादक: नेपाली ⇄ English
  • असहाय र आर्थिक रूपमा कमजोरहरूका लागि नि:शुल्क कानुनी सेवा
कार्यालय भवन — लायन्सचोक, क्षेत्रपुर हाइवे, भरतपुर

कार्यालय भवन — लायन्सचोक, क्षेत्रपुर हाइवे, भरतपुर

उपलब्ध सेवाहरू

Available services

निश्चल कानूनी कार्यालयबाट तीन फरक हैसियतमा सेवा प्रदान गरिन्छ — नोटरी पब्लिक, अधिवक्ता र अदालतबाट सूचीकृत मेलमिलापकर्ता । सेवाअनुसार आवश्यक कागजात फरक हुने भएकाले सक्कल कागजातसहित कार्यालयमा सम्पर्क गर्नुहोस् ।

नोटरी पब्लिकतर्फको सेवा

आधिकारिक नोटरी पब्लिक तथा आधिकारिक अनुवादकको हैसियतमा गरिने कामहरू

  • नागरिकता, जन्मदर्ता, विवाह दर्ता, लालपुर्जा लगायत निश्चित ढाँचा भएका लिखतहरू
  • सिफारिस स्टाइलका लिखतहरू
  • निवेदन, अदालती कागजात, सम्झौता पत्र, करारनामा, विधान, प्रबन्धपत्र (MA) एवं नियमावली (AA) जस्ता कागजातहरू

कानुनी सेवा (वकालत) तर्फको सेवा

अधिवक्ताको हैसियतमा गरिने कामहरू

  • फिराद पत्र, प्रतिउत्तर पत्र, साक्षी बकपत्र तथा पुनरावेदन पत्र तयारी
  • सबै तहका अदालतमा बहस पैरवी
  • देवानी तथा फौजदारी मुद्दासम्बन्धी कार्यहरू

मेलमिलापतर्फको सेवा

चितवन जिल्ला अदालतबाट सूचीकृत मेलमिलापकर्ता

  • अदालतको सूचीमा आबद्ध मुद्दा–मामिलाहरूमा मेलमिलाप गराउने
  • झैँ–झगडा तथा विवादहरू आपसी सहमतिबाट मिलाउने
सबै सेवा र प्रक्रिया हेर्नुहोस्
हरि ब. मैनाली (एल.एल.एम.)

अधिवक्ताको परिचय

About the advocate

हरि ब. मैनाली (एल.एल.एम.)

अधिवक्ता / नोटरी पब्लिक / मध्यस्थकर्ता · आधिकारिक अनुवादक

हरि ब. मैनाली (एल.एल.एम.) निश्चल कानूनी कार्यालय तथा नेपाल नोटरी पब्लिकको कार्यालय, भरतपुर, चितवनमा सञ्चालन गर्नुहुन्छ । उहाँ अधिवक्ता, नोटरी पब्लिक तथा मेलमिलापकर्ताका रूपमा कार्यरत हुनुहुन्छ र नेपाली–English आधिकारिक अनुवादकका रूपमा मान्यताप्राप्त हुनुहुन्छ । देवानी, फौजदारी तथा कम्पनीसम्बन्धी मुद्दा, कागजातको आधिकारिक अनुवाद र नोटरी प्रमाणीकरण, सम्झौता–करारनामा एवं कम्पनी दर्तासम्बन्धी काममा कार्यालयले सेवाग्राहीलाई सरल र भरपर्दो सेवा दिँदै आएको छ ।

एल.एल.एम.अधिवक्तानोटरी पब्लिकमेलमिलापकर्ताआधिकारिक अनुवादक

कार्यालय झलक

Around the office

थप तस्बिरहरू

सम्पर्क

Contact

लायन्सचोक–नमस्ते चोक–क्षेत्रपुर राजमार्ग, भरतपुर ४४२०७, चितवन, नेपाल

आइतबार–शुक्रबार, बिहान ९:०० – दिउँसो ५:०० (शनिबार बिदा)

०५६-४९३४८७