उपलब्ध सेवाहरू
Available services
निश्चल कानूनी कार्यालयबाट तीन फरक हैसियतमा सेवा प्रदान गरिन्छ — नोटरी पब्लिक, अधिवक्ता र अदालतबाट सूचीकृत मेलमिलापकर्ता । सेवाअनुसार आवश्यक कागजात फरक हुने भएकाले सक्कल कागजातसहित कार्यालयमा सम्पर्क गर्नुहोस् ।
नोटरी पब्लिकतर्फको सेवा
Notary Public services
आधिकारिक नोटरी पब्लिक तथा आधिकारिक अनुवादकको हैसियतमा गरिने कामहरू
अनुवाद प्रमाणीकरण तर्फ
- नागरिकता, जन्मदर्ता, विवाह दर्ता, लालपुर्जा लगायत निश्चित ढाँचा भएका लिखतहरू
- सिफारिस स्टाइलका लिखतहरू
- निवेदन, अदालती कागजात, सम्झौता पत्र, करारनामा, विधान, प्रबन्धपत्र (MA) एवं नियमावली (AA) जस्ता कागजातहरू
सक्कल प्रमाणीकरण तर्फ
- अध्ययनसँग सम्बन्धित कागजातहरू
- व्यापारिक प्रयोजनका कागजातहरू
लिखत प्रमाणीकरण तर्फ
- शपथ पत्र, घोषणा पत्र लगायतका कागजातहरू
नोटरी पब्लिकतर्फको सेवाको दस्तुर नोटरी पब्लिक सम्बन्धी (सातौँ संशोधन) नियमावली, २०८३ एवं सम्बन्धित निर्देशन बमोजिम हुनेछ । नोट: गलत नियतले वा गलत कागजात पेस गरी कुनै कागजात बनाइएमा त्यसको सम्पूर्ण जिम्मेवारी एवं दायित्व सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्नेछ । साथै कम्प्युटर टाइपमा फरक परेमा सक्कल कागजात देखाई सच्याउनुहोला ।
अनुवाद तथा नोटरी सेवा — अनुरोध
Translation & notary service — please note
सेवा छिटो, शुद्ध र सजिलो बनाउन सेवाग्राहीलाई निम्न अनुरोध गरिन्छ ।
- सम्भव भएसम्म सक्कल (Original) कागजात लिएर सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुहोस् — फोटो वा म्यासेन्जरमा कागजात देखाएर हुँदैन ।
- कुन–कुन कागजात अनुवाद गर्ने र नोटरीको छाप नेपाली प्रतिलिपिमा लगाउने हो कि होइन, पहिले नै यकिन गर्नुहोस् । राहदानी, बैंक स्टेटमेन्ट लगायतका कागजातको फोटोकपी सबै वा कुन–कुन पेज गर्ने हो सो पनि यकिन गर्नुपर्छ; फोटोकपी सकभर यसै कार्यालयमा गर्नुहोस् ।
- अनुवाद गर्नुपर्ने कागजात र नोटरी मात्र गर्नुपर्ने कागजात छुट्याएर कार्यालयको सम्बन्धित ठाउँमा दिनुहोस् ।
- टाइप भइसकेपछि नाम, थर, ठेगाना, अंक, मिति आदि रुजु गर्न रफ प्रति उपलब्ध गराइनेछ — राम्रोसँग जाँची निश्चित भएपछि मात्र फाइनल प्रिन्ट निकालिनेछ ।
- फाइनल प्रिन्टमा गल्ती भई पुनः सच्याउनु परेमा थप दस्तुर लाग्नेछ ।
- कुनै कागजातमा नाम, थर, ठेगाना, मिति आदि फरक परेमा सम्बन्धित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयबाट एउटै हो भन्ने व्यहोराको प्रमाणित पत्र ल्याउनुपर्नेछ ।
- धेरै कागजात भएमा रफ प्रति राम्रोसँग जाँचेर भोलिपल्ट फाइनल प्रिन्ट निकाल्दा उत्तम हुन्छ; थोरै कागजात भए सोही दिन पनि सम्भव छ ।
- एकपटक दर्ता गरेपछि ३ महिनासम्म अर्को कागजात बनाउँदा पहिलेको दर्ता नम्बर उल्लेख गर्नुपर्छ — आफ्नो कम्प्युटर नम्बर र दर्ता नम्बर सधैँ ध्यान दिनुहोस् ।
- नोटरी पब्लिकबाट प्रमाणित कागजातमा फोटो टाँस्ने, ल्याप्चे/सहीछाप गर्ने वा सरकारी कागजातमा केरमेट–थपघट गर्ने कार्य गैरकानुनी हुन्छ ।
- फाइनल प्रिन्ट, छोटो/एकल कागजात अनुवाद, फोटोकपी र करारनामा प्रमाणितका लागि लाइनमा बस्नु पर्दैन; तर फाइनल प्रिन्ट निकाल्दा सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ ।
कानुनी सेवा (वकालत) तर्फको सेवा
Legal services (advocacy)
अधिवक्ताको हैसियतमा गरिने कामहरू
मुद्दा–मामिलातर्फ
- फिराद पत्र, प्रतिउत्तर पत्र, साक्षी बकपत्र तथा पुनरावेदन पत्र तयारी
- सबै तहका अदालतमा बहस पैरवी
- देवानी तथा फौजदारी मुद्दासम्बन्धी कार्यहरू
- अदालती / दर्ता विवाह (Court Marriage) तथा सम्बन्ध विच्छेद (Divorce)
- अधिकृत वारेसनामा (जग्गा बिक्री, सम्बन्ध विच्छेद, मुद्दा दर्ता आदि)
कम्पनी तथा दर्तातर्फ
- कम्पनी दर्ता, खारेज तथा कम्पनीसम्बन्धी सम्पूर्ण कामहरू
- संघ–संस्था दर्ता तथा नवीकरण
- प्रबन्धपत्र (MoA), नियमावली (AoA), शेयर लगत/बिक्री, पुँजी वृद्धि, नामसारी, ठाउँसारी, नाम संशोधन
- प्यान, भ्याट, कर तथा अडिटसम्बन्धी परामर्श
सम्झौता तथा करारनामातर्फ
- घर, जग्गा, व्यवसाय तथा सवारी भाडा लगायतका सम्झौता–करारनामा लेखन
- नेपाली तथा English दुवै भाषामा सम्झौता पत्र / करारनामा तयारी
असहाय एवं आर्थिक रूपमा कमजोर व्यक्तिहरूका लागि निःशुल्क कानुनी सेवा उपलब्ध छ ।
मेलमिलापतर्फको सेवा
Mediation services
चितवन जिल्ला अदालतबाट सूचीकृत मेलमिलापकर्ता
- अदालतको सूचीमा आबद्ध मुद्दा–मामिलाहरूमा मेलमिलाप गराउने
- झैँ–झगडा तथा विवादहरू आपसी सहमतिबाट मिलाउने
सम्झौता/करारनामाका लागि आवश्यक कागजातहरू
Documents required for agreements
सम्झौता वा करारनामाको कागज गर्दा तलका कागजातहरू आवश्यक पर्छन् । सक्कल कागजात लिएर आउनुहोस् ।
घर भाडा
- व्यवसाय भएमा प्यान, छाप र प्रतिनिधि
- घर रहेको कित्ताको लालपुर्जा
- घर भाडाको महिनावारी रकम र वार्षिक रकम
- भाडामा लगाउने मिति: कहिलेदेखि कहिलेसम्म
- २ जना साक्षीको नागरिकता
- लाइसेन्सवाला लेखक र छाप
- आवश्यक भए पक्षको फोटो र सम्पर्क नं.
जग्गा भाडा
- जग्गाधनीको नागरिकता र जग्गाधनी स्वयं
- भाडामा बस्नेको नागरिकता र भाडावाला स्वयं
- व्यवसाय भएमा प्यान, छाप र प्रतिनिधि
- जग्गा रहेको कित्ताको लालपुर्जा
- जग्गा भाडाको महिनावारी रकम र वार्षिक रकम
- भाडामा लगाउने मिति: कहिलेदेखि कहिलेसम्म
- २ जना साक्षीको नागरिकता
- लाइसेन्सवाला लेखक र छाप
- आवश्यक भए पक्षको फोटो र सम्पर्क नं.
साझेदारी व्यवसाय
- व्यवसायको प्यान, छाप र व्यवसायी स्वयं
- व्यवसायमा लगानी गर्नेको नागरिकता र व्यवसायी
- व्यवसायमा लगानी गर्ने प्रतिशत
- व्यवसायको नाफा–नोक्सान अडिटको आधारमा
- व्यवसायमा लगाउने मिति: कहिलेदेखि कहिलेसम्म
- २ जना साक्षीको नागरिकता
- लाइसेन्सवाला लेखक र छाप
- आवश्यक भए पक्षको फोटो, छाप र सम्पर्क नं.
सवारी भाडा
- सवारी भाडामा लिनेको नागरिकता र सवारी भाडावाला
- व्यवसाय भएमा प्यान, छाप र प्रतिनिधि
- सवारीको महिनावारी भाडा रकम
- सवारी भाडाको महिनावारी रकम र वार्षिक रकम
- भाडामा लगाउने मिति: कहिलेदेखि कहिलेसम्म
- २ जना साक्षीको नागरिकता
- लाइसेन्सवाला लेखक र छाप
- आवश्यक भए पक्षको फोटो र सम्पर्क नं.